back
stc
prabhu insurance

आज गथांमुगः पर्व काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामका मनाउँदै

काठमाडौं । आज साउन कृष्ण चतुर्दशीको दिन । यस दिन काठमाडौं उपत्यकामा घण्टाकर्ण पर्व राजधानीको टोल टोलमा धुमधामका साथ मनाइँदैछ । विशेष गरि घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रुपमा मनाउने गर्दछन् ।

त्यस्तै आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राति राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुरयाने प्रचलन रहि आएको छ ।

परापूर्व कालमा नेपालमा गठेमङ्गल नाम गरेको एउटा राक्षस बस्थ्यो जसलाई सत्य निष्ठामा रहेका मानिस मन पर्दैनथ्यो । सत्य निष्ठामा रहेका मानिसलाई मारिदिन्थ्यो । सत्य वचन सुन्नुपर्ला भनेर सधैं चिन्तित रहन्थ्यो ।

गठेमङ्गल राक्षसले आफ्नो कानमा सोह्रसत्र धार्नीको घण्टा झुण्ड्यायो अनि घण्टाको आवाजले सत्य वचन र राम्रा कुरा सुन्नु नपर्ने भयो भनी ढुक्क भयो । यसपछि गठेमङ्गल राक्षस घण्टाकर्ण नामले चिनिन थाल्यो । यो राक्षसले सुनलाई भन्दा फलाम र धनी मगन्तेलाई मन पराउँथ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित पैसा उठाउने गर्दथ्यो ।

पैसा नदिने मानिसलाई मारेर मासुु खान्थ्यो, महिलालाई बलात्कार गर्दथ्यो र राम्रा जतिलाई श्रीमती बनाउँथ्यो । घण्टाकर्ण राक्षसको यस्ता क्रियाकलापबाट सबै मानिस आतङ्कित थिए । एकदिन भोकाएर निस्किएका बेला घण्टाकर्णको भेट भ्यागुतोसित भयो ।

घण्टाकर्णले भ्यागुतोसित मानव बस्ती कता छ भनी सोध्यो । भ्यागुतो पनि घण्टाकर्णको आतङ्कबाट पीडित बनेको थियो । भ्यागुतोले गहिरिएको हिलोबाटो देखाउँदै त्यतैबाट जान भन्यो । अलिपर पुग्नासाथ घण्टाकर्ण गहिरो हिलोमा फस्यो ।

उसले आफ्नो विशाल शरीर बाहिर निकाल्न सकेन । यही मौका छोपेर घण्टाकर्णबाट पीडित सबै मानिस जम्मा भएर ढुङ्गा, मुढा र लाठाले हिर्काएर मारिदिए । यसरी नरभक्षी राक्षस घण्टकर्ण गठेमंगलबाट मानव जातिले मुक्ति पाएको उक्त दिनलाई सम्झना गर्दै उपत्यकाका नेवार समुदायले धण्टकर्ण गठेमंगल मनाउने गर्दै आएका छन।