फोनिजद्वारा ८ पत्रकार पुरस्कृत

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आठ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।
फोनिजको २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसर पारेर यही साउन २७ गते पत्रकारहरुलाई पुरस्कार दिने निर्णय गरेको फोनिजद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
फोनिजका सल्लाहकार अनिता गुरुङको संयोजकत्वमा गठित पुरस्कार छनौट समितिको सिफारिसमा फोनिजले पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कृत पत्रकारहरुमा कुमार यात्रु, राजकुमार दिक्पाल, आङदावा शेर्पा, तिलक पुन, मौसम रोकामगर, रचना श्रेष्ठ, इन्द्रजित मुखिया र भवानी बराल छन् ।
त्यसैगरी यसै वर्षबाट स्थापित फोनिज मातृभाषा पत्रकारिता सम्मानबाट पहुरा दैनिक र तान्छोपा मासिकलाई संयुक्त रुपमा सम्मान गरिने जानकारी समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वि.सं.२०७८ साउन २३ १५:५९