शहरी विकासलाई ज्ञापनपत्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं –५ को थलीमा रहेको कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा पूर्वी क्षेत्रीय सहरी विकास आयोजनाको काम कारवाहीका बारेमा आज स्थानीय पिडित जनताले १३ बुँदे ज्ञापनपत्र बुझाएका छन।
आयोजनाले गत असार २० गते गोरखापत्र दैनिकमा कागेश्वरी मनोहरा नगरपालिकाका १,२,३,४, वडाहरू, गोकर्णेश्वर नगरपालिकाका १,२,४ वडाहरू र शंखरापुर नगरपालिकाको ९ नं. वडाको २६ हजार रोपनी जग्गा खरिद बिक्रीका लागि रोक्का राखि स्मार्ट सिटि बनाउन खोजेको सुचनाको विरोधको आयोजना प्रमुखलाई ज्ञापन पत्र बुझाएर यश विषयमा बृहत् छलफल गरेको छ।
उक्त ज्ञापनपत्र नेपाल तरुण दलका काठमाडौ जिल्ला अध्यक्ष कृष्णजी खड्काको नेतृत्वमा तीनवटै नगरपालिकाका प्रभावित जनता सहभागी थिए।
ज्ञापनपत्र सहितको छलफलमाआयोजनाका प्रमुख,इञ्जिनियर, कागेश्वरी मनोहर नगरपालिकाका मेयर कृष्णहरि थापा,वडाअध्यक्ष र अन्य प्रतिनिधि उपस्थिति भएका थिए।
ज्ञापनपत्रमा जग्गा एकीकरण र स्मार्ट सिटि २ वर्षभित्र बन्नुपर्ने, तत्काल जग्गा रोक्का हुन नहुँने, काम शुरू भएपछि मात्र स्थानीय जनताको राय सुझाव लिएरमात्र जग्गा रोक्का गर्नुपर्ने,अहिले जारी गरिएको जग्गा रोक्काको सुचना रद्व गर्नपर्ने,निर्धारित समयमा काम सम्पन्न गर्न नसके जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने, जग्गाधनीको योगदान ३५ देखि ४५ प्रतिशत भनिएको छ, यसलाई १५ देखि २५ प्रतिशतसम्म झार्नुपर्ने, २–३ आनामा बस्ने व्याक्तिको बसोवास सुनिश्चित हुनुपर्ने, स्थानीय जनताले ठुला र भैरहेका बाटोमा थप योगदान गर्नु नपर्ने, आयोजनाको लागत ३५ अर्वबाट ४६ अर्व बढाउने चलखेल भैरहेकोमा पारदर्शी खर्च व्यवस्थापन गर्नुपर्ने जस्ता १३ बुँदे माग प्रस्तुत गरेका छन्।
छलफलमा मेयर कृष्णहरि थापा र आयोजना प्रमुखले स्पष्ट जवाफ नदिइ जनताको माग सम्बोधन गर्न नखोजेको एक सहभागिताले छलफल कार्यक्रम सुरु पश्चात् बताएका छन्।
वि.सं.२०७८ साउन २४ १३:३४