back
stc
prabhu insurance

कोभिसिल्डको दोस्रो खोप आज सोमबारदेखि

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ । यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई

सोमबारबाट दोस्रो मात्रा खोप दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा. झलक गौतमले भुटानबाट खोप आइसकेकोले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको जानकारी दिनुभयो ।

डा. गौतमले जापानबाट आएको र भुटानबाट आएको खोप लगाइने जानकारी दिनुभयो । कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई दिइने भएको छ ।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौँ जिल्लामा पनि कोभिसिल्ड खोप लगाइसकेका नागरिकका लागि दोस्रो मात्रा खोप लगाइने जानकारी दिनुभयो ।

उहाँले काठमाडौँमा १४४ खोप केन्द्र मार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताउनुभयो ।