back
stc
prabhu insurance

कांग्रेसको चौधौँ महाधिवेशन मंसिरमा गर्ने  निर्णय

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ ओैं महाधिवेशनको पुरानो कार्यतालिकामा संशोधन गर्दै गत साउन २८ गतेदेखि बसेको केन्द्रीय समिति बैठकले भदौ १८ गते वडा अधिवेशन शुरू गरि मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले भदौको मिति सारेर मंसिर ९ गतेको लागि सारेको हो ।

महाधिवेशनको कार्यतालिका निम्नानुसार हुने गरि संशोधन गर्ने निर्णय भएको छ।

१, कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउनेस् २०७८/५/२ गते।
२, निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२ गते।
३, वडा अधिबेशन : २०७८/५ /१८ गते।
४, गाउँ/नगरपालिका: २०७८/५/२७ गते।
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१ गते।
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५ गते।
७, जिल्ला : २०७८/६/१० गते।
८, प्रदेश:  २०७८/७/१०–१२ गते।
९० केन्द्रीय महाधिवेशन : २०७८/८/ ९ देखि १३ गतेसम्म।