नबिल बैंकद्धारा Nabil Cash Machine जारी जस मार्फत अब एटिएमबाटै रकम जम्मा गर्न सकिने
काठमाडौं । आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हुँदै यस Nabil Cash Machine ले ग्राहकहरुलाई एटिएम मार्फत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।
अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने छन् ।
साथै यस मार्फत नबिल बैंकको कुनै पनि बचत र चल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्फत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।
आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।
एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्र्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिबृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।
वि.सं.२०७८ भदौ २ १७:४१


















