back
hangrilabank
himalayanlife
stc

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्ने अवसर पाउनुभएको छ । शाक्य बुधबार नै एमाले संसदीय दलको नेता चयन हुनु भएको थियो ।