माधव नेपालको नयाँ पार्टीको नाम “नेकपा एकिकृत (समाजवादी)” राखियो
काठमाडौं । माधवकुमार नेपालले दर्ता प्रस्ताव गरेको नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ। निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग नाम जुध्ने सुझाब दिएपछि नाम हेरफेर गरिने भएको छ ।
नेपाल पक्षका नेता मेटमणि चौधरीका अनुसार आयोगको सुझाबपछि नाम परिवर्तन गरेर नेकपा एकीकृत (समाजवादी) राखिएको छ। ‘पहिलाको नाममा एमाले हटाएर एकीकृत राखिएको हो,’ उनले भने, ‘नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राखिएको छ।’
त्यसैगरी पार्टीको चिन्हसमेत परिवर्तन गर्ने सम्बन्धमा छलफल भइरहेको नेताहरुको भनाइ छ । सरकारले २० प्रतिशत सांसद र केन्द्रीय सदस्य पुर्याए अर्को पार्टी दर्ता गर्न सक्ने गरिएको दल दर्ता सम्बन्धि अध्यादेश ल्याएपछि नेकपा (एमाले) बाट नेपाल पक्ष विभाजित भएको छ ।
उसले भदौं २ गते बुधबार नै निर्वाचन आयोग पुगेर नेकपा एमाले (समाजवादी) दर्ताका लागि निवेदन दिएको थियो ।
वि.सं.२०७८ भदौ ४ १४:५६




















