back
stc
prabhu insurance

पशुपति विकास कोषको सदस्य सचिवमा डा. थापा

काठमाडौं । पशुपति क्षेत्र बिकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा नियुक्त भएका छन् । डा. थापा अघिल्लो पटक कोषका कोषाध्यक्ष थिए ।

धार्मिक तथा सांस्कृतिक क्षेत्र सम्वन्धि पुस्तक लेखन र सम्पादन समेत सकृय डा.थापा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत रहेको पशुपति क्षेत्र विकास कोषको ४ वर्षे कार्यकालका लागि नियुक्त भएका छन् ।

गत भदौं १८ गते शुक्रवार प्रधानमन्त्री स्तरको निर्णयबाट डा. थापा सदस्य सचिवमा मनोनयन भएका उनलाई पशुपति क्षेत्र बिकास कोषको सचिवालयमा स्वागत गरिएको थियो ।