back
prabhu insurance
himalayanlife

आजदेखि दशैंमा घर जाने बसको टिकट खुल्यो

काठमाडौं । दशैंमा घर जानेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा घर जाने व्यक्तिहरु आज बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । नयाँबसपार्कमा टिकट बुकिङ गर्ने मानिसहरूको भिड लागेको छ ।

उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर टिकट बिक्री गरिएको छ ।

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

साथै यातायात व्यवस्था विभागले लामो दुरीका २८७ वटा रूढको भाडादर पनि समायोजन गरेको थियो। नयाँ भाडादर समायोजन पछि दशैंमा घर जाने टिकटको भाडादर पनि २५–३० प्रतिशतसम्म बढेको छ। कतिपय यातायात व्यवसायीहरुले अनलाइन मार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन्