सहयात्री फाउन्डेशनको “प्रोजेक्ट ५००” मार्फत स्वास्थ्य सेवा
काठमाडौं । सहयात्री नामक संस्थाले नख्खु स्थित डेस्टिट्युट एन्ड ओर्फन चिल्द्रेन सेफ गार्डिन्ङ फोउन्डेशनमा मेडिकल रुम (बिरामी कोठा) को उदघाट्न गरे ।
सो कोठामा बिरामी पर्दा आवश्यक पर्ने औषधीहरु र स्वास्थ्य उपकरणको व्यवस्थापन गरिएको थियो ।
३६ जना अनाथ बालबालिकाहरू र ४ जना कर्मचारीहरूलाई सामान्य रोग देखि आकस्मिक स्वास्थ्य समस्याको लागि प्राथमिक उपचारको तालिम पनि प्रदान गरिएको थियो ।
यस कार्यक्रममा ३ जना चिकित्सक डा.सरिशा श्रेष्ठ, डा. निरञन केसी, डा. आयुशी सिटौला एवम सहयात्रीका स्वयमसेवक ई.सोराज श्रेष्ठ, साईशा श्रेष्ठ, उज्वल राज श्रेष्ठ, आशिश शाह संलग्न थिए ।
कार्यक्रमका व्यवस्थापक तथा सहयात्री संस्थाका अध्यक्ष डा.सरिशा श्रेष्ठले बालगृहका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै “प्रोजेक्ट ५००” मार्फत अन्य असाहाय बालबालिका र वृद्धरूलाई पनि स्वास्थ्य सेवा पुर्याउने र आफ्नो ज्ञान र सीपको सदुपयोग मानवीय सेवामा नै गर्ने प्रतिबध्दता व्यक्त गर्नुभयो ।
यस अघि पनि उक्त संस्थाले बाढी पहिरोको बेला सिन्धुपाल्चोक, मुस्ताङ, लम्जुङ लगायत अन्य ठाउँहरूमा औषधी वितरण र स्वास्थ्य शिविरहरू सन्चालन गरेका थिए ।
वि.सं.२०७८ असोज १२ १०:१९


















