व्यवसायीहरुको हड्तालका कारण उपत्यकामा यातायात अस्तव्यस्त

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सवारी भाडा नबढेको भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजीव शर्मा दासले बताउनुभयो । शर्माले भन्नुभयो, “ भाडा बढाउनु पर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् ।” व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उहाँको भनाइ छ ।
चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागर लगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मूल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपियाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प छ ।
वि.सं.२०७८ असोज १८ १३:०५