back
stc
prabhu insurance

असोज २२ गतेदेखि काठमाडौँ महानगरले पर्व लक्षित कोविड खोप कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोविड विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ ।

असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडाबाट चल्नेछ । यो पहिलो डोज लिनेका लागि हो ।

पर्वका समयमा युवाहरु धेरै सक्रिय हुन्छन् । सकेसम्म भीड नगर्नोस् । मास्क प्रयोग गर्नोस् भन्ने हाम्रो अनुरोध हो । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।’

कुँवरका अनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ । vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।