back
prabhu insurance
himalayanlife

दशैंभर पेट्रोल पम्प खुलै रहने

काठमाडौं । महान चाडपर्वको बिदामा पनि देशभरका पेट्रोल पम्प र नेपाल आयल निगम लिमिटेडका डिपोहरु खुलै रहने भएका छन्।

निगमले दशैं, तिहार, नेपाल संवत र छठको बिदामा पनि पेट्रोल पम्प र डिपो आवश्यकताका आधारमा खुलै रहने जनाएको हो। पम्पहरु खुला रहने भएकाले अनावश्यक रूपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नु नपर्ने निगमले जनाएको छ।

चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगममा सम्पर्क गर्न सकिने नेपाल आयल निगम लि। ले जनाएको छ।