back
stc
prabhu insurance

रथीमा सरोज प्रतापको नाम सिफारिस

काठमाडौं । नेपाली सेनाका एक रथी ईश्वर हमालले अवकाश पाएपछि रिक्त पदमा बरिष्ठतम उपरथी सरोज प्रताप राणाको नाम सिफारिस भएको छ । संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा कार्यरत हमाल ५८ वर्षे उमेर हदका कारण गत असोज २५ गते अनिवार्य अवकाश भएका थिए।

नेपाली सेनामा प्रधान सेनापतिपछिका दुई रथीमध्ये अब राणाको पदोन्नतिका लागि रक्षा मन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस हुँदैछ ।

सेनाले आइतबार नै उपरथी राणालाई रथीमा बढुवा गर्ने सिफारिस गरि दावी विरोध माग गर्दै सात दिनको सूचना निकालेको छ । सात दिनभित्र गम्भीर प्रकृतिका उजुरी आएमा छानविन हुनेछ ।

राणा नेपाली सेनाको २५ बेसिकका उपरथी हुन् । उनी नागरिकता सच्याएको विवादमा परेका थिए । रथीमा पदोन्नति भए पनि उनी प्रधानसेनापति भने बन्न पाउने छैनन् । हालका प्रधानसेनापति प्रभुराम शर्मा भन्दा पहिले नै राणा अवकाश हुने बताइएको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले हमालको अवकाशसँगै आन्तरिक बोर्ड बैठकबाट योग्य उम्मेदवारको सिफारिस हुने र सात दिनको सूचनाबाट दावी विरोध नआएमा रक्षा मन्त्रालयमा पदोन्नतिका लागि सिफारिस गर्ने प्रक्रिया रहेको बताएका छन ।

यसअघि शर्मा प्रधानसेनापति बढुवा भएपछि रिक्त रहेको रथी पदमा भदौ २९ गते बालकृष्ण कार्की पदोन्नति भएको थियो । हाल उनी वलाधिकृत रथी छन। राणा बलाध्यक्ष रथी हुनेछन।

बलाध्यक्ष रथीले तालिम,स्वास्थ्य,शान्ति सेना,कल्याणकारी,राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्षण,विधालय आदि हेने अधिकार हुन्छ।