back
stc
prabhu insurance

नेमकिपाको विराटनगरमा विरोध सभा

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज कार्तिक ६ गते प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा देशघाती एमसीसी सम्झौता विरुद्ध रयाली प्रदर्शन र विरोध सभा गरेको छ।

अमेरिकाले गर्ने एमसिसि सम्झौता मुलुकको हितमा नभएको र यसका कतिपय प्रावधान हाम्रो सार्वभौमसत्ता माथि हस्तक्षेप गर्ने र नेपाली भुमीको प्रयोग गरि मित्र राष्ट्र चीन विरुद्ध चलखेल गर्ने षडयन्त्र साथ अमेरिका नेपालमा आउन खोजेको आरोप नेमकिपाका नेताले लगाएका छन।

नेमकिपा मोरङ जिल्ला समितिको आयोजनामा विराटनगरमा एमसीसीविरूद्घ ठुलो जुलुस तथा सभा भएको छ। सभामा बोल्ने नेताहरूले एमसिसि राष्ट्रघाती भएकाले लागू गर्न नहुँने बताएका छन।