स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन : डा. दीपेन्द्ररमण

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुन: डा. दीपेन्द्र रमण सिंह नियुक्त भएका छन । निमित्त महानिर्देशक डा. आरपी बिच्छा उमेर हदका कारण अवकास भएपछि आज कार्तिक ७ गते आइतबारदेखि जिम्मेवारी सम्हाले गरि डा. सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको छ ।
डा. सिंह गत साउन १८ गतेसम्म विभागको महानिर्देशक थिए । उनलाई गत साउन १८ गते विभागबाट मन्त्रालय सरुवा गरिएको थियो । उनको स्थानमा डा. आर.पी. बिच्छालाई नियुक्त गरिएको थियो ।
सरकारले डा. बिच्छाको कार्यकाल २ बर्ष थप्ने निर्णय गरिसकेको छ । तर समय थपिएको विशेषज्ञ चिकित्सकले महानिर्देशकको जस्तो कार्यकारी पदमा रहन भने नमिल्ने कानूनी व्यवस्था छ । अब डा। बिच्छाले २ वर्ष विशेषज्ञ सेवा प्रदान गर्ने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन । महानिर्देशक सिंहले आईतबार नै महानिर्देशकको पद बहाली गरेका छन् । उनलाई निमित्त महानिर्देशक डा. बिच्छाले विभागमा स्वागत गरेका थिए ।
वि.सं.२०७८ कात्तिक ७ १५:५४