चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा ४८ करोड ५३ लाखभन्दा बढी
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कृषि विकास बैंक लिमिटेडले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले आइतबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत नाफामा वृद्धि गरेको विवरण सार्वजनिक गरेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको रहेको छ । त्यस्तै, बैंकले सञ्चालन मुनाफाबाट २.१२ प्रतिशत बढी आम्दानी गरेको छ। बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ।
नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ ।
वि.सं.२०७८ कात्तिक १४ ०७:३०




















