back
prabhu insurance
himalayanlife

प्रधानसेनापति महारथी शर्मालाई भारतीय सेनाध्यक्षको पदवी

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई आज बुधवार छिमेकी राष्ट्र भारतका राष्ट्रपति रामनाथ कोविन्दले औपचारिक रूपमा राष्ट्रपति भवन नयाँदिल्लीमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन ।

यो पदवी थाप्न प्रधानसेनापति शर्मा हिजो कार्तिक २३ गते बिहान नेपाली सेनाको विमान लिएर नयाँ दिल्ली गएका थिए। शर्मा भारतीय उच्च अधिकारीसँग ओैपचारिक भेटघाट गरेर कार्तिक २७ गते स्वदेश फर्किदै छन।