back
stc
prabhu insurance

कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०७८ मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक समारोहका बीच  स्वास्थ्य तथा जनसंख्या मन्त्री  विरोध खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम  विनय मोहन क्वात्रा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव  डा. रोशन पोखरेलबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरुको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुनुका साथै भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुनेछ ।