back
stc
prabhu insurance

नेपाल प्रहरीका डीआईजीहरुको सरुवा र पदस्थापना

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका ४ डीआईजीहरुको पदस्थापना भएको छ । गृह मन्त्रालयले शुक्रबारको निर्णया अनुसार ४ डीआईजीहरुको पदस्थापना गरेको हो ।

पदस्थापना भइ जिम्मेवारी पाउनेहरुमा डीआईजीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँ रहेका छन् ।

यस्तै नेपाल प्रहरीका ५ डीआईजीको सरुवा पनि भएको छ । प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीस्तरको बैठक अनुसार डीआईजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा गरिएको जनाएको छ ।