आज र भोलि आयोगले उम्मेदवार विरुद्ध परेको उजुरीमाथि जाँचबुझ गर्ने
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ । आयोगले हिजो उम्मेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो ।
हिजो बेलुका ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय ताकिएको थियो । भोलि १५ गते साँझ ६ बजे मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगको तयारी छ ।
त्यस्तै, आयोगको तालिका अनुसार १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । सोही दिन साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम छ ।
वि.सं.२०७९ वैशाख १४ १४:३५

















