प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरामा मतदान गरे
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा पुगेर मतदान गरेका छन्। प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिका–१ मा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन्।
कांग्रेस सभापति समेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्। मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेलधुरा पुगेका थिए।
वि.सं.२०७९ वैशाख ३० १४:४६




















