back
stc
prabhu insurance

आज सार्वजनिक बिदा भए पनि, निजी विद्यालय बन्द नहुने

काठमाडौं। आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन। प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन्।

शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दै ती संस्थाले विद्यालय खुलै राख्ने जनाएका हुन्। आज आइतबार हाम्रो विद्यालय खुलै रहने एन प्याब्सनका अध्यक्ष पाण्डव हमालले बताए।

सरकारको निर्णय लगत्तै विभिन्न स्थानीय तहले तत्काललाई पूर्ववत् अवस्थामै विद्यालय सञ्चालन गर्न निर्देशन दिन थालेका छन्। परीक्षणका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन शिक्षण संस्था बन्द गर्न गृह मन्त्रालयले सूचना जारी गरेको थियो। तर, सरकारको सो निर्णयको स्थानीय तह र निजी विद्यालय सञ्चालकले विरोध जनाएका छन्।

पेट्रोलियम पदार्थको खपत कम गर्न र खर्च कटौती गर्न भन्दै सरकारले आइतबार बिदा दिने निर्णय गरेको थियो। यस्तै केही पालिकाले सामुदायिक विद्यालय पनि खोल्ने भएका छन्।