back
prabhu insurance
himalayanlife

काठमाडौं भित्रने तथा बाहिरिने मुख्य नाका नागढुङ्गामा बिहानैदेखि चापमा गाडी चलिरहे

काठमाडौं। नौबिसे सडक खण्डमा गाडी बिग्रिएपछि चापमा चलिरहेको छ। काठमाडौं भित्रने तथा बाहिरिने मुख्य नाका नागढुङ्गामा बिहानैदेखि चापमा गाडी चलिरहेका हुन्।

नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले यो चाप भएको हो। अहिले यो नाकामा एकतर्फी गाडी पास गराइएको ट्राफिक प्रहरीले जनाएको छ।

बिहान रात्रि बस काठमाडौं भित्रने भएकाले पनि यो सडक खण्डमा गाडीको लामो लाइन छ । यो नाका हुँदै हरेक दिन सयौँको सङ्ख्यामा सानादेखि हेभी गाडी चल्छन्। तर साँघुरो सडक र घुम्तीका कारण एउटा गाडी बिग्रिए पनि जाम हुने गरेको छ।