back
stc
prabhu insurance

एनआइसी एसिया फ्लेक्सी क्याप फन्डको बिक्री खुला

काठमाडौं । एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड (म्युचुअल फन्ड युनिट) जेठ १९ गतेबाट बिक्री खुला भएको छ । यस फन्डले १० करोड इकाई निष्कासन खुला गरेको हो । जस अनुसार यसले प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गरेको छ ।

कुल १० करोड इकाईमध्ये बीज पुँजीवापत न्यूनतम १ करोड ५० लाख अर्थात् १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ ।

बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । यसमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार २ गतेसम्म खुला रहनेछ ।

एनआइसी एसिया फ्लेक्सी क्याप फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ ।

यो ७ वर्षे बन्दमुखी म्युचुअल फन्ड योजना हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।