back
stc
prabhu insurance

भोलिदेखि सरकारी कार्यालयहरुमा पुरानै समय र विदा कायम हुँदै

काठमाडौं । भोलीदेखि सरकारी कार्यालयहरुको कार्यालय समय पुन: १० देखि ५ बजेसम्म कायम हुने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञाप्ति मार्फत असार १ गतेबाट साताको दुई दिन विदा हटाएसँगै कार्यालय समय पुनः १० देखि ५ बजेसम्म गरिएको जानकारी गराएको छ ।

जेठ महिनाभर परिक्षणको रुपमा साताको दुई दिने विदा लागु गरिंदा कार्यालय समय विहान ९।३० देखि ५।३० सम्म कायम गरिएको थियो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि पुनः पुरानै कार्यालय समय कायम गरिएको हो ।