आज असार १ गते बाट एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामी खुल्यो
काठमाडौं । आज असार १ गते बुधबारबाट२६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी एनसीसी बैंकले बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असार १५ गतेसम्म आवेदन दिन मिल्नेछ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ । लिलामी सेयरको आवेदन असार १६ गते बिहान ११ बजे सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा खोलिने छ ।
वि.सं.२०७९ असार १ १०:५३




















