back
stc
prabhu insurance

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौँ । कर्मचारी सञ्चय कोषले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोषले साउन १ गतेदेखि सञ्चय कोष तथा निवृत्तभरण कोषमा कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्ता–योगदानकर्तालाई दिने र लिने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

कोषका अनुसार सञ्चयकर्ता/योगदानकर्तालाई सञ्चय कोष तथा निवृत्तभरण कोषमा प्रदान गर्ने व्याज दर ८ प्रतिशत कायम गरेको छ भने सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर विशेष सापटीमा ९.१० प्रतिशत, घर सापटी, घर मर्मत सापटी तथा शैक्षिक सापटीमा ९.७५ प्रतिशत र जग्गा जग्गा खरिद सापटी र सरल चक्र कर्जामा १०.२५ प्रतिशत तोकेको छ ।

साथै धितोमा आधारित कर्जाको ब्याज त्रैमासिक रूपमा भुक्तानी गरी नियमित गर्ने सञ्चयकर्ताको हकमा सम्बन्धित त्रैमासमा पाकेको ब्याजमा ०.२५ प्रतिशतले रिवेट (छुट) दिने कोष सञ्चालक समितिको असार ११ गतेको बैठक नं. १६२५ बाट निर्णय भएको छ ।