back
prabhu insurance
himalayanlife

बैंकिङ कसुरमा सजाय पाएकी बबिता ७ वर्षपछि पक्राउ

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक महिना कैद सजाय सुनाइएकी महिलालाई प्रहरीले साढे ७ वर्षपछि पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवनकी ४१ वर्षीया बबिता पन्त पौडेललाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले पन्तलाई २०७१ माघ २९ गते १ महिना कैद र १० लाख रुपैयाँ जरिवनाको फैसला सुनाएको थियो।

पौडेललाई जनरल फाइनान्स लिमिटेडको कर्जा दुरुपयोग गरी अनुचित लाभ लिएको आरोप लागेको थियो। पक्राउ परेकी पौडेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।