back
stc
prabhu insurance

प्रधान सेनापतिद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालयको भ्रमण

काठमाडौं । गत असार १३ गतेबाट मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले २०७९ असार १७ गते न्युयोर्क स्थित United Nations Headquarters (UNHQ) को भ्रमण गर्नु भएको छ ।

भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले(UNHQ) का  उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा छलफल गर्नु भई दुई पक्षिय आपसी हित र पारस्परिक सम्बन्ध UN Mission का विविध पक्षहरुका बारेमा छलफल तथा विचार विमर्श गर्नु भएको थियो ।

२०७९ असार ४ गतेबाट ८ गतेसम्म लेवनानस्थित United Nations Interim Force in Lebanon (UNIFIL) Mission, गत असार ८ र ९ गते सिरियास्थित ग्लUnited Nations Disengagement Observer Force (UNDOF) Mission र गत असार १३ गतेदेखि १७ गतेसम्म मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति महारथी शर्मा तथा भ्रमणदलका सदस्यहरु, भ्रमण सम्पन्न गरी २०७९ असार १९ गते स्वदेश फिर्ता हुनु कार्यक्रम रहेको छ ।

विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै UN Mission हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।