back
stc
prabhu insurance

दक्षिण एसिया साझा मुद्राको अवधारणामा जानुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसिया साझा मुद्राको अवधारणामा जानुपर्ने बताउनुभएको छ ।

नेपाल बैंकर्स एसोसिएसनको गण्डकी प्रदेशले आयोजना गरेको केन्दीय बैंक डिजिटल करेन्सी तथा मौद्रिक नीतिबारे छलफल कार्यक्रममा गभर्नर अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले यो बारेमा प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताउनुभयो । यसबारे नेपालले गर्नुपर्ने अध्ययन सकिसकेको उहाँको भनाइ छ ।

यस्तै, केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्नेमा पनि उहाँले जोड दिनुभयो । डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक पनि क्रमिक रूपमा जाने उहाँको भनाइ छ ।

डिजिटल करेन्सीको प्रविधि निर्माण गर्न निजी क्षेत्रको सहयोग आवश्यक रहने तर यसको विश्वसनियता जोगाउनु चुनौतीपूर्ण रहेको गर्भनर अधिकारीको तर्क छ ।

पछिल्लो समय नोटको कारोबार घट्दै गएको भन्दै उहाँले कात्तिक यता नोटको कारोबारमा एक खर्बले कमी आएको जानकारी दिनुभयो ।

गर्भनर अधिकारीले अर्थतन्त्रका बारेमा उद्योगी व्यवसायी राम्रोसँग जानकार रहेको बताउँदै अहिलको अवस्थाबाट मुक्त हुन सबै सचेत हुनुपर्ने बताउनुभयो । निरन्तर घाटामा भएको भुक्तानी सन्तुलन, चालू खाता घाटा र विदेशी मुद्रामा परेको चापलाई हेरेर मौद्रिक नीतिको तयारीमा केन्द्रीय बैंक रहेको उहाँको भनाई छ ।