back
stc
prabhu insurance

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२६ रुपैयाँ १८ पैसा कायम भएको छ । यसअघि बिहीबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ६५ पैसा र खरिददर १२६ रुपैयाँ ०५ पैसा कायम भएको थियो ।

पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।