back
stc
prabhu insurance

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ७० पैसा कायम भएको छ ।

यो हालसम्मकै उच्च हो । यस्तै, खरिद दर पनि १२७ रुपैयाँ ३० पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।

निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।