back
stc
prabhu insurance

अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवालाई दिइएको जानकारी गराएको छ।

बुधवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका थिए। बजेटमा अनाधिकृत व्यक्तिहरुले करको दायरा हेरफेर गरेको आरोप लागेपछि  उनले राजीनामा दिएका हुन् ।

जेष्ठ १४ गते राति अर्थमन्त्रालयमा पूर्व नासु र एक जना अर्का व्यक्ति घुसेर बेजेटमा करको दायरा हेरफेर गरिएको भन्ने समाचार प्रकाशित भएको थियो ।