सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच सम्झौता
काठमाडौं । सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटल बिच बैंकका ग्राहकहरुका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार सिभिल बैंकका सम्पुर्ण ग्राहकहरुले पोखराको चरक मेमोरियल हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
आज एक कार्यक्रममा बैकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर के।सी। तथा हस्पिटलका तर्फबाट अध्यक्ष राम चन्द्र रेग्मिले सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौता अनुसार फार्मेसीमा ५ प्रतिशत, ल्याबरबेड, रेडियोलोजी तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत र होल बडी चेकअपमा २० प्रतिशत छुट पाउने व्यवस्था छ ।
यस छुटको सुविधा उपभोग गर्नको लागि सिभिल बैंकका ग्राहकहरुले हस्पिटलको बिलको भुक्तानी बैंकको मोवाईल बैंकिङ्ग एप मार्फत डिजिटल पेमेन्ट गर्नुपर्ने हुन्छ ।
यसका साथै आगामी दिनहरुमा बैक र हस्पिटलको संयुक्त पहलमा पोखराको विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविरको पनि आयोजना गर्न सकिने गण्डकी प्रदेशका प्रमुख समीर केसीले जनाएका छन् ।
सात लाखभन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव ९२ अर्व निक्षेप परिचालन गरी ८८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
वि.सं.२०७९ असार २३ १८:४०




















