back
prabhu insurance
himalayanlife

आइजिपी प्रकरणमा सुनुवाइ हुँदै, आजै फैसला आउनसक्ने

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णय विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ।

१९ असारमा सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबार पेसी तोकिएको थियो। रिटमा पोखरेलका कानुन व्यवसायी, सरकारी पक्ष र आइजिपी सिंहका निजी कानुन व्यवसायीले बहस सकिसकेका छन्।

आज कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको फैसला सुनाउन सक्ने सम्भावना छ।

आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख छ।