back
stc
prabhu insurance

घुससहित पर्यटन मन्त्रालयका उपसचिव रंगेहात पक्राउ

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो।