back
stc
prabhu insurance

नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ :  नारायणमान बिजुक्छेँ

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई राजनीतिमा आउन आह्वान गरेका छन्।

देशमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि स्वच्छरूपमा राजनीति गर्न युवा आउनुपर्नेमा बिजुक्छेँले जोड दिए।

भक्तपुरमा मंगलबार आयोजना गरिएको पुस्तक चर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भने, “नयाँ पुस्ता राजनीतिमा आउनुपर्छ, व्यक्तिगत स्वार्थलाई त्याग्दै इमान्दारीपूर्वक देश र जनताका लागि समर्पित हुने भावनाले नयाँ पुस्ता अब राजनीतिमा आउनै पर्छ।’ बिजुक्छेँले  देश परिवर्तनका लागि निरन्तर संघर्षको आवश्यकता रहेको पनि औँल्याए।