back
stc
prabhu insurance

‘कलेज आइडिया हन्ट २०२२’का लागि आवेदन खुला

काठमाडौँ  । आईडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ का लागि आवेदन खुला गरेको छ।

आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडियासहित उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो।

वर्तमान युग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम् तथा दिगो समाधानसहितका आइडिया भएका विद्यार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्नेछन्।

कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरुमध्येबाट उत्कृष्ट १० योजनालाई व्यवसायसम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिनेछ।

उत्कृष्ट तीन विजेताले जनही १ लाख नगद पुरस्कारका साथै आइडिया स्टुडियो सिजन ७ मा सिधैँ प्रवेश पाउने छन्। साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायिक सञ्जाल, रियालिटी टिभी सो र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।

कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ।