back
stc
prabhu insurance

नेपाल राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई गर्यो कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । आर्थिक वर्ष ०७८/०७९ को चौथो त्रैमासमा नियामकिया निर्देशन पालना नगर्ने २ वाणिज्य बैंकलाई बैंकले नगद जरिवाना तिराएको हो ।

राष्ट्र बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा र एनसीसी बैंकलाई ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिराएको हो ।

यी २ बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेकोले जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०७८/०७९ को तेस्रो त्रैमासमा कुना पनि बैंक कारवाहीमा परेका छैनन् ।

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, वैधानिक तरलता कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरेको, तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा पर्याप्त प्रवाह नगरेको, कर्जा स्रोत परिचालन अनुपात कायम नगरेको, सम्पति सुद्धिकरण समबन्धि ऐनको निर्देशन पालना नभएको पाईए बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने गरेको छ ।