बिजबजारको श्रावण महिना अन्तर्गतको भारी छुट सहितको “२० मा Biz” नामक क्याम्पेन
काठमाडौ. । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक क्याम्पेन अन्तर्गतको श्रावण महिनाको क्याम्पेन श्रावण १९ गते राती १२ बजे देखि २२ गते सम्म live हुने भएको छ।
यही श्रावण २० गतेका दिन बिजबजारले अपराह्न ४ बजे देखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।
यस क्याम्पेन अन्तर्गतको Trendy अवतार अन्तर्गत सबै वर्गका ग्राहकहरूले फेसनसँग सम्बन्धित सामानहरूमा, Electrifying बचत अन्तर्गत इलेकट्रोनिक्स सामानहरूमा, Health& Beauty अन्तर्गत सो सम्बन्धी सामानहरूमा, Go Sports Crazy अन्तर्गत खेलकुद तथा फिटनेस सामाहरूमा र Happy Paws अन्तर्गत घरपालुवा जनावरहरूका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्नेछन् ।
साथै पानी पर्यो offer झर्यो अन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुट सहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्नेछन्।
त्यसै गरी भाग्यमानी २० Quiz अन्तर्गत २० जना विजेताहरूले रू १०० बराबरको मोबाइल टपअप जित्नेछन् साथै Catch & Win खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ पर्यो अन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन्।
२० मा BIZ का लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै Bizbazar Online Shopping App’ एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।
वि.सं.२०७९ साउन १९ १८:०५

















