back
stc
prabhu insurance

यस रेमिटको इजाजत रद्द गर्ने तयारीमा राष्ट्र बैंक, लेनदेन बाँकी हुनेले जानकारी दिन आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस रेमिटसंग कुनै व्यक्ति वा संघ र संस्थाको लेनदेन रकम बाँकी रहेको भए सो को जानकारी दिन आग्रह गरेको छ।

केन्द्रिय बैंकले सो कम्पनीको इजाजतपत्र रद्द गर्ने तयारी गरेकाले लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र लिखित जानकारी दिन आग्रह गरेको हो ।

केन्द्रिय बैंकले विदेशी विनिमय ब्यबस्थापन विभागमा लिखित जानकारी दिन अनुरोध गरेको छ ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा यस रेमिटको विप्रेषणसम्बन्धी कारोबार गर्ने इजाजतपत्र रद्द भई बैंक ग्यारेण्टी समेत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ।

रेमिटले इजाजतपत्र रद्द गरिपाउँ भनी राष्ट्र बैंकमा निवेदन दिएपछि राष्ट्र बैंकले इजाजतपत्र रद्द गर्ने तयारी गरेको जनाएको छ ।