back
stc
prabhu insurance

युनिलिभरको खुद नाफामा ७४.१६% वृद्धि

काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ७४.१६ प्रतिशत ले धेरै हो ।

अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको यस अवधिमा  उत्पादन  बिक्रीबाट हुने सञ्चालन आम्दानी बढेपछि नाफा प्रभावित बढ्न टेवा पुगेको हो ।

असार मसान्तसम्म यस कम्पनीको सञ्चालन आम्दानी ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यसै अवधिमा भने सञ्चालन आम्दानी ५ अर्ब ७३ रुपैयाँ थियो ।

यता, कम्पनीको अन्य श्रोतबाट हुने आम्दानी पनि ५ करोड रुपैयाँबाट बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।

यसको रिटेन्ड अर्निङमा ३ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ । असारसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ९२८ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी यो त्रैमाससम्म आइपुग्दा बढेर १ हजार ६२९ रुपैयाँ (वार्षिक ) भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि २ हजार ८२२ रुपैयाँबाट बढेर ३ हजार ९४२ रुपैयाँ कायम भएको छ ।