देशका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।आज मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका पहाडी भू(भाग र बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, देशका पहाडी भू(भाग र बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै, गण्डकी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ साउन २४ ०८:४५

















