back
stc
prabhu insurance

हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा नेपालमा नयाँ क्रेडिट र प्रिपेड कार्ड सार्वजनिक

काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा २ वटा नयाँ कार्ड सार्वजनिक गरेका छन् ।

नेपालका आन्तरिक र विदेश भम्रण गर्ने दुवै ग्राहकहरुलाई लक्षित गरी ‘हिमालयन बैंक अमेरिकन एक्सप्रेस क्रेडिट कार्ड’ र ‘हिमालयन बैंक अमेरिकन एक्सप्रेस प्रिपेड कार्ड’ सार्वजनिक गरिएको बैंकले जानकारी गराएको छ ।

प्रिपेड कार्ड विदेश अध्ययनका लागि जाने विद्यार्थी र पर्यटकहरुका लागि उपयुक्त हुने बैंकको भनाई रहेको छ ।

क्रेडिट र प्रिपेड दुवै कार्डमा विभिन्न सुविधाहरु प्रदान गरिएको छ । दुवै कार्डमा नेपालमा हुने सबै स्थानीय कारोबार (अनलाइन सहित ) मा ०.५ प्रतिशत क्यासब्याक दिइने बैंकले जनाएको छ ।

यस्तै, क्रेडिट कार्डमा वार्षिक अधिकतम ३ हजार रुपैयाँसम्म र प्रिपेड कार्डमा वार्षिक २४ सय रुपैयाँसम्म क्यासब्याक प्रदान हुनेछ ।

यता, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले क्लब हिमालयमा दुई रातको बुकिङ गर्दा एक रात अतिरिक्त पाउने छन् ।

साथै, युनाइटेड कलर्स अफ बेनेटनको आउटलेटबाट खरिद गर्दा १५५ छुट, स्पोर्ट्स प्लाजामा १५५ छुट र मिसियोमा ३३५ छुट पाउनेछन् ।

प्रिपेड कार्ड प्रयोगकर्ताहरुले पनि स्पोर्ट्स प्लाजामा १५ प्रतिशत, मिसिओमा ३३ प्रतिशत र बुकिङ डट कममा ४०५ छुट पाउने बैंकले जनाएको छ ।