टान निर्वाचन–निलहरी बास्तोला समुहको प्यानलै बिजयी
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को हिजो सम्पन्न ४४ औ साधारण सभा र निर्वाचन बाट अध्यक्षमा निल हरि बास्तोला बिजयी भएका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, महासचिवमा बिनोद सापकोटा, सचिवमा होमनाथ देवकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्ष छिङ दोर्जि शेर्पा बिजयी भएका छन ।
त्यसैगरी कार्यसमिति सदस्यमा नमिनाथ देवकोटा, लाक्पा दोर्जि शेर्पा ,रामप्रसाद बन्जारा,राजु अर्याल ,गणेश बहादुर अधिकारी ,कुमार लामा,हेम बहादुर कार्की ,सुबास भण्डारी बिजयी भएका छन् ।
वि.सं.२०७९ साउन ३१ १२:३८


















