back
stc
prabhu insurance

राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग्यो

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । एक वर्षे करार सेवाका लागि बैंकले आवेदन आह्वान गरेको हो ।

बैंकको कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ मा भएको व्यवस्था अनुसार करार सेवामा विशेषज्ञ पदमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको बैंकले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बैंकले ११ जना विशेषज्ञ चार्टर्ड एकाउन्टेन्ट नियुक्त गर्न लागेको हो । आवेदन बैङ्कको वेभ साइटमा गएर भर्न सकिने छ ।

हेर्नुहोस् बैङ्कले जारी गरेको सूचना :