back
prabhu insurance
himalayanlife

दसैंको अग्रिम टिकट बुकिङ असोज १ गतेदेखि

काठमाडौं ।दसैंका लागि असोज १ गतेदेखि बसको अग्रिम टिकट बुकिङ् खुल्ने भएको छ। बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलका क्रममा असोज १ गतेदेखि बुकिङ खोल्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक डा/ टोकराज पाण्डेयले जानकारी दिनुभयो ।

टिकट बुकिङलाई अनलाइन प्रणालीबाट र उपत्यकाका विभिन्न ठाउँमा बुथ बनाएर टिकट बिक्री गर्ने योजना बनाएको उहाँले सुनाउनुभयो।

यातायात आवागमनमा सहजता बनाउन अत्यावश्यक बाहेकका मालबाहक सवारी असोज १५ गतेदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय समेत भएको छ।