निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ ।महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो
राणासँग मंगलबार पाँचौ दिनको बयान हो । राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ ।
राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ । समितिले राणासँग भदौ १५ गतेबाट बयान लिन सुरु गरेको थियो ।
वि.सं.२०७९ भदौ २८ १६:०२




















